एनआरएनए कतारद्वारा राहत वितरणमा तिव्रता

एनआरएनए कतारद्वारा राहत वितरणमा तिव्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
गैरआवासीय नेपाली संघ कतारले नवौं चरणको राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ । नवौं चरणको राहत वितरणसम्म १ हजार ५१५ जना लाभान्वित भएको एनसिसि कतारले जनाएको छ । दीप संचारले सोमबार आयोजना गरेको कोरोना कहर विशेष अन्तर्गत कोभि-१९ संक्रमण र एनसीसी कतारको उद्दार तथा राहत अभियान एवं मिडियाको भूमिका, विषयक छलफल कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

कार्यक्रममा प्रविण गुरुङ (संयोजक, एनआरएनए मध्यपूर्व), करीम बक्स मिया (अध्यक्ष, पत्रकार महासंघ कतार), मोहम्मद मुक्तदा (अध्यक्ष, एनसीसी कतार), उत्तम गुरुङ्ग (संयोजक, कोभिड-१९, उद्दार तथा राहत समिती) , पदम गिरि (महासचिव, एनसीसी कतार), अर्जुन पौडेल (सम्पादक प्रभाव अनलाईन) लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संघका अध्यक्ष मोहम्मद मुक्तदाले कतारमा भिजिटमा आएका र करार सकिएर घर जान बसेकाहरुको समस्या समाधानको लागि नेपाली नियोगसँग बिभिन्न समयमा छलफल गरिरहेको जानकारी दिंदै कतारमा कोही पनि नेपाली भोकै नमरुन भन्ने कतार सरकार र एनसिसि कतारको स्पष्ट निति रहेको जानकारी गराए । उद्दार तथा राहत बितरण समितिका संयोजक तथा प्रथम उपाध्यक्ष उत्तम गुरुङले कतारमा नेपालीका समस्या खाना प्रधान रहेको बताउँदै सबै संघ संस्थालाई सक्ने सहकार्यको लागि अनुरोध गरेका थिए ।

मध्यपूर्व संयोजक गुरुङले संस्थाका अध्यक्ष लगायतले सरकारसँग बिदेशमा अलपत्रको उद्दारको लागि निरन्तर सुझाव सहितको दवाव दिरहेको बताउदै मे महिनाको ३ र ४ तारीख सम्ममा नेपाल सरकारबाट उडान अनुमति मिल्ने अपेक्षा गरेको जानकारी दिए । कार्यक्रममा सहभागीहरुले कतार लगायत खाडीका नेपालीहरुमा परेका समस्याका समाधानका लागि नेपाल सरकारलाई तत्काल उद्दार गर्न जोडदार माग गरेका थिए ।

विश्वब्यापी महामारीका रुपमा देखा परेको कोरना भाइरस नियन्त्रणमा कतार सरकारले चालेका विभिन्न कदमहरु र नेपालीको अवस्था बारे चर्चा गरिएको थियो । मध्य नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति कतार सरकारको गृह मन्त्रालय तथा कतार च्यारिटीबाट ५ हजार जनालाई १५ दिनलाई पुग्ने खाद्यान्नको राहत प्याकेज प्राप्त गरेको थियो । राहत वितरण प्रक्रियामा यहाँ स्थित नेपाली राजदूतावासले संरक्षक एवं सहजकर्ताको भूमिका निभाउँदै एकद्वार प्रणाली समेत लागू गरेको छ ।

Logo