नौतनवा क्वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु

नौतनवा क्वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका–२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टाइनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

जेठ ५ गतेदेखि क्वारेन्टाइनमा रहेका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टाइनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताइन् ।

उनका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुगेका थिए । शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।रासस

Logo