अमेरिकामा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ ।
मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्।
गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ।
उनीहरू सवार टोयोटा आरएभी ४ गाडीलाई टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको हो । दुर्घटना, मंगलबार दिउँसो दुई बजेर ५५ मिनेटमा भएको थियो ।





























प्रतिक्रिया