यूएई । ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी यूएईमा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको हो । दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।
युएईको आबुधाबीमा भएको दुर्घटनामा नवलपरासीका निरोज परियार र नेपालको ठेगाना नखुलेकी शान्ति विश्वकर्माको मृत्यु भएको हो । उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिएको थियो । उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए। मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।
सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि उनीहरुको परिचय खुल्न सकेको छैन ।
File Photo





























प्रतिक्रिया