म्याग्दी प्रवासी नेपाली संघ(मोना कतार) को साधारणसभा सम्पन्न

म्याग्दी प्रवासी नेपाली संघ(मोना कतार) को साधारणसभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

दोहा कतार; म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारि समिति (मोना कतार) को १६ औ वार्षिकोत्सव तथा नवौ साधारण सभा कतारको दोहामा समपन्न भएको छ । कार्यक्रममा मोना आइसिका उपाध्यक्ष योग कुमार फगामी, महासचिव मिम पुर्जा, सदस्य लोक राना, मोना नेदरल्यान्ड्का अध्यक्ष जङग पुन तथा कतारमा स्थापित सामाजिक संघ  सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

८ मार्च २०१९ का दिन दोहा नजमा अवस्थित सालिमार रेस्टुरेन्टको सभाहलमा सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्व तथा मोना आइसिका अध्यक्ष चक्र बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष थम गिरीले आर्थिक तथा संस्थागत  प्रगति विवरण प्रस्तुत गरेका थिए ।  सोहि कार्यक्रममा २०१७-१९ कार्यकालमा संस्थामा उत्कृस्ट कार्य गर्ने सदस्य एबम खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा वक्ताहरुले पुरानो कार्य समितिलाई धन्यबाद दिदै नया बन्ने कार्यसमितिलाइ सुभकामना दिएका थिए ।

कतारमा रहेका म्याग्देली कलाकारहरुले बिभिन्न सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारहरुलाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो । प्रमुख अतिथि चक्र बहादुर थापाले मोना एकीकरणमा कतार शाखाले बिशेष  योगदान दिएको र म्याग्दीको बिकासमा पनि एक करोडको लगानी कतारबाट भित्राउने प्रतिबद्धता व्यक्त गरेको भन्दै खुसि व्यक्त गरेका थिए ।

तिलु शर्मा पौडेल र राजु पौडेलले सयुक्त रुपमा संचालन गरेको औपचारिक कार्यक्रमको समापन गर्दै सभापति पौडेलले प्रतिबद्धता गरिएका सबै कार्य सिद्द गर्न नसके पनि आफु खुसि रहेको बताउदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

लगत्तै बन्द सत्रमा प्रबेश गरेको सभाले तिलु शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा मिनवहादुर कार्की, प्रथम उपाध्यक्षमा नरेन्द्र फगामी द्वित्तीय उपाध्यक्ष लुक ब रसाईली महासचिवमा थमकुमार गिरी, सचिवमा भुमिश्वर सापकोटा, कोषाध्यक्षमा अजय कुँवर र सहकोषाध्यक्षमा  गोकुल विकलाई सहमतिको आधारमा चयन गरेको थियो ।

निर्बाचित पधाधिकारीहरुलाई निर्बाचन समिति सयोजक प्रेम रसाइलीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । लगत्तै नव निर्वाचित अध्यक्ष तिलु शर्मा पौडेलले आगामी पचास  दिन भित्रमा मोना कतारले एउटा भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने घोषणा गरेका थिए ।

 

Skip This
Skip This
Logo