अस्ट्रेलियाको समुन्द्रमा फेरि नेपाली विद्यार्थी बेपत्ता

अस्ट्रेलियाको समुन्द्रमा फेरि नेपाली विद्यार्थी बेपत्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अस्ट्रेलियाको समुन्द्रमा फेरि नेपाली बेपत्ता भएका छन् । सिड्नीबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका हुन् ।

सिड्नीको रोयल नेशनल पार्कमा रहेको फिगर एट पुल्स भन्ने समुन्द्री पोडी पोखरी नजिकै साथीसँग घुम्न गएका २२ वर्षीय चेतन सापकोटा पौडी खेल्ने क्रममा वेपक्ता भएको अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

द गार्जियनका अनुसार न्यु साउथवेल्स प्रहरीको समन्वयमा चेतनको खोजी भईरहेको न्युसाउथवेल्सका महाबाणिज्यदूत दिपक खड्काले जानकारी दिए ।

अस्ट्रेलियाको समुन्द्री तटमा पौडी नजानेका कारण दुर्घटनामा परि पछिल्लो वर्ष मात्र करिब आधा दर्जन नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।

Skip This
Skip This
Logo