अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ । गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन् । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको गोली हानेर हत्या गरिएको हो ।

गत बिहीबार राति साढे ११ बजेतिरको मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली प्रहार गरेका थिए ।
बन्दुकधारीको गोली लागेर प्रयास बानियाँ गम्भीर घाइते भएका हुन् । उनको स्थानीय लुवेल अस्पतालमा उपचार भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बन्दुकधारीसँग घलको विवाद भएको थियो । ती बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेका थिए । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच एलिजावेथ टाउनका बासिन्दाहरु भेला भएर मृतकप्रति श्रद्धाञ्जली दिएका छन् । सुभाषको सम्झनामा उनले सञ्चालन गर्दै आएको टी–मार्ट अगाडि पुष्पगुच्छा चढाईएको थियो भने दीप प्रज्ज्वलन पनि गरिएको थियो ।

Skip This
Skip This
Logo