काठमाडौं । अष्ट्रेलिया अध्ययन गर्न गएका करिब एक हजार विद्यार्थी विचल्लीमा परेका छन् । अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरु विचल्लीमा परेका हुन् । अष्ट्रेलिया सरकारले उक्त कलेज बन्द गराएपछि नेपालीहरुको विचल्ली भएको हो । उक्त समस्यमा समाधानको लागि परराष्ट्र मन्त्रालयले पहल गर्दै आएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पनि अष्ट्रेलियामा समस्यामा परेका नेपाली बिद्यार्थीहरुलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । इक्यानले एआइविटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु समस्यामा परेकोबारे गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।
इक्यानले आफ्ना सदस्यहरुलाई विदेशी शैक्षिक संस्थाका बारेमा विद्यार्थी तथा अभिभावकलाई औपचारिक रुपमा यथार्थ सुचना गराएर मात्र परामर्श सेवा प्रदान गर्न वारम्वार निर्देशन गरेको बताउँदैं संघका सदस्य नरहेका परामर्शदाताहरुलाई पनि सोही अनुरुप सेवा प्रदानका लागि कडाई गर्न सम्वन्धित नियामक निकायसँग माग गरिरहेको जनाएको छ ।
इक्यानले ८ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न इक्यानले पहल गरिराखेको जनाएको छ । विद्यार्थीको समस्या इक्यानको समस्या भएको भन्दै अध्यक्ष बिष्णुहरी पाण्डेले उक्त समस्या तत्काल समाधान गर्न इक्यान लागिपरेको बताए । थप भिडियोमाः





























प्रतिक्रिया