काठमाडौं । गाडीको ठक्करबाट मलेसियामा एक नेपालीको मृत्यु भएको छ । गाडीको ठक्करबाट झापा मोरङकी अञ्जु कुमारी रिसिदिप थारुको मृत्यु भएको हो । शुक्रबार राति ड्युटी सकेर होस्टेलतिर फर्किने क्रममा बाटो काट्न खोज्दा गाडीले ठक्कर दिएको थियो । जिमिल कम्पनी फुलुङमा कार्यरत अञ्जु होस्टेलमा फर्किदैं ठक्कर दिएर उनको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परेपछि उनलाई कम्पनीले नै अस्पताल पुर्याएपनि कहाँ राखिएको छ भन्नेबारे नेपालीहरुलाई जानकारी दिईएको छैन् । मलेसियामा रहेको नेपाली दूतावासलले पनि यस विषयमा कुनै जानकारी पाएको छैन् ।
उनको पासपोर्ट कम्पनीले राखेका कारण कुन मेन पावर कम्पनीबाट मलेसिया गएकी हुन भन्ने जानकारी हुन नसकेको साउदीबाट कसाङ लामाले जानकारी दिए । कसाङकी श्रीमती पनि अञ्जुसँगै एउटै कम्पनीका काम गर्दै आएका छन् । श्रीमतीले दिएको जानकारीका आधारमा कसाङलाई दुर्घटनाबारे जानकारी गराएका हुन् ।
अञ्जुका श्रीमान पनि मलेसियामै कार्यरत छन् । क्वालालम्पुरमा कार्यरत अञ्जुका श्रीमानलाई दुर्घटनाबारे नेपालीहरुले नै जानकारी गराएका थिए । अहिलेसम्म पोष्टमार्टम भयो कि भएन ? प्रहरीले मुचुल्का तयार पार्यो कि पारेन भन्ने केही जानकारी पाउन नसकिएको नेपालीहरुले बताएका छन् ।
कम्पनीले क्षतिपुर्ति दिनुपर्ने हुन्छ भन्दै अञ्जुकै गल्ती देखाएर कागजात बनाईरहेको नेपालीहरुको आरोप छ । अञ्जुले कानमा ईयरफोन लगाएर गीत सुन्दै बाटो काट्दैं गरेको भन्दै कम्पनीले कागजात बनाईरहेको कसाङको भनाई छ । नेपालीहरुले त्यसको विरोध गर्दा कम्पनीका बोसहरु धम्की दिदैं आएका छन् ।
यस विषयमा मलेसियन दूतावासमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । परराष्ट्र मन्त्रालयले भने आज शनिवार भएकाले घटनाबारे आईतबार मात्र जानकारी हुने जनाएको छ । परराष्ट्र मन्त्रालयका अण्डर सेक्रेटरी सुरेश अधिकारीले उक्त घटनाबारे आफुहरुलाई कुनै जानकारी नआएर र आईतबार मात्रै थप बुझ्न सकिने बताए । ‘शुक्रबार राति घटना भएकाले कुनै जानकारी पाउन सकिएन् । आज शनिवार भयो भोली आईतबार मात्रै घटनाबारे जानकारी हुनेछ’ उनले भने ।





























प्रतिक्रिया