काठमाडौं । मलेसियामा एक नेपालीको हत्या गरिएको छ । राजधानी केपोङ्गमा एउटै कम्पनीमा कार्यरत म्यानमार र नेपाली कामदारबीच विवाद हुँदा छुरा प्रहारबाट एक नेपालीको मृत्यु भएको हो । घटनामा अर्का एक नेपाली गम्भीर घाइते भएका छन् ।
छुरा प्रहारबाट ललितपुरको कोन्चेसोम गाउँपालिका ३ का इन्द्र तामाङको मृत्यु भएको हो भने झापाका लाल बहादुर लिम्बू गम्भीर घाइते भएका छन् । तामाङ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा कार्यरत थिए । नेपाली र म्यानमार नागरिकबीच भएको झगडा छुट्याउने क्रममा उनीमाथि छुरा प्रहार भएको हो ।
छुरा प्रहारबाट घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो । छुरा प्रहार गर्ने म्यानमार नागरिक घटनालगत्तै फरार छन् । उनको मलेसियन प्रहरीदे खोजीकार्य जारी राखेको छ ।





























प्रतिक्रिया