एजेन्सी । नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले बेद छोएर सपथ ग्रहण गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित भण्डारीले विश्वकै पुरानो ग्रन्थ बेद छोएर सपथग्रहण गरेका हुन् । भण्डारीले जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा सपथ ग्रहण गरेका थिए ।
बेद छोएर सपथ खाएका सासंद भण्डारीले ‘पश्चिमा सभ्यतामा पूर्विय दर्शनको मिक्स गर्न र आफ्नो वास्तविक परिचय दिनका लागि वेद छोएर सपथ गरेको बताए। अमेरिकीमा निर्वाचित हरेक तहको संसददेखि राष्ट्रपतिसम्म सबैले बाइबल छोएर सपथ खान्छन । तर भण्डारीले बेद छोएर सपथ खाएका हुन् ।
संसद शुरु हुने वित्तिकै भण्डारी सरकार सञ्चालन तथा स्वास्थ्य समिति (हेल्थ एण्ड गभरमेन्ट अपरेशन) समितिको सदस्यमा नियुक्त भएका छन्।
यो समितिले मेरिल्याण्ड राज्य सरकारको सञ्चालनको विभिन्न पाटाहरु तथा नागरिकको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सम्वन्धि कानून तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। हाउसमा पाँच वटा मुख्य कमिटीहरु हुन्छन्। त्यसमध्ये यो कमिटी मुख्य मानिन्छ।































प्रतिक्रिया