मलेसियामा सहकर्मी महिलाको ब्रा तान्ने एक नेपालीलाई १ लाख जरिवाना

मलेसियामा सहकर्मी महिलाको ब्रा तान्ने एक नेपालीलाई १ लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । मलेसियामा सहकर्मी महिलाको ब्रा तानेको आरोपमा एक नेपालीलाई जरिवाना तोकिएको छ । मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाले काम गरिरहेको ठाउँमै सहकर्मी महिलाको ब्रा तानेपछि १ लाख ८ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

गत १६ डिसेम्बरमा तमान मयाङ केल्ना जयामा रहेको केक फ्याक्ट्रीमा काम गर्ने २५ वर्षका प्रताप थोकरले सहकर्मी महिलाको ब्रा तानेका थिए । काम गर्दै गर्दा ती युवकले २३ वर्षकी स्थानीय महिला सहकर्मीलाई पटक पटक बोलाएका थिए तर महिला सहकर्मीले नसुनेपछि उनले ब्रा समातेर तानिदिए ।

ती महिलाले उनीविरुद्ध प्रहरीमा उजुरी दिईन् । मजिस्ट्रेट अदालतले उनलाई ४ हजार रिंगिट जरिवानाको सजाय सुनाएको हो । यो रकम तिर्न नसके उनी ५ महिना जेल बस्नुपर्नेछ । मजिस्ट्रेट मोहम्मद इखवान मोहद नासिरले प्रतापलाई दोषी ठहर गर्दै सजाय सुनाएका हुन् ।

Skip This
Skip This
Logo