भारतीय सेनामा कार्यरत २ नेपालीको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु

भारतीय सेनामा कार्यरत २ नेपालीको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय सेनामा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । भारतीय सेनाको सुवेदार पदमा कार्यरत रुपन्देहीको तिलोत्तमा ९, तुलसीपुरका गमरबहादुर थापा र रमन थापा पाकिस्तानी सेनाको आक्रमणमा मारिएका हुन् ।

भारतको कुपवाडा जिल्लामा पाकिस्तानी सेनासँगको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो ।

४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २/८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् । त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।

Logo