गार्मेन्ट उत्पादनमा भन्सार छुट दिन अमेरिकासँग नेपालको आग्रह

गार्मेन्ट उत्पादनमा भन्सार छुट दिन अमेरिकासँग नेपालको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले नेपाली गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको जानकारी दिए ।

गत साता मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोको नियन्त्रणामा अमेरिकाको औंपचारिक भ्रमण गरेका थिए । सोही भ्रमणका उपलब्धिबारे आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराउने क्रममा मन्त्री ज्ञवालीले आफूले नेपाली गार्मेन्टको उत्पादनमा भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी समकक्षी पोम्पियोसँग आग्रह गरेको बताए ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री पोम्पियोले शान्ति प्रक्रियालाई सफलतापूर्वक टुंगोमा पुर्‍याउने काम गरेकोमा प्रशंशा गर्दै उत्तर कोरियाको आणविक हतियार निशष्त्रीकरणको प्रयासमा साथ दिन नेपाललाई आग्रह गर्नु भएको थियो । भेटमा विदेशमन्त्री पोम्पियोले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे चासो लिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले विदेशमन्त्री पोम्पियोसँग आगामी मार्चमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुको सहभागिताका लागि आवश्यक वातावरण बनाई दिन आग्रह गरेका थिए ।

द्धिपक्षीय भेटवार्तामा अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपालको पाँचखालस्थित विरेन्द्र शान्ति सैन्य तालिम केन्द्रको क्षमता विस्तारका लागि आवश्यक सहयोग गर्ने बचन दिएका थिए ।

अमेरिकी बसाईको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकास्थित गैर आवासीय नेपालीहरुलाई राष्ट्र निर्माणको अभियानमा सहयागी हुन आग्रह गरेका थिए । गत पुस १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका भ्रमणमा गएका थिए ।

Logo