वैदेशिक रोजगारीमा रहेका विकृति समाप्त पार्ने मन्त्री विष्टको घोषणा

वैदेशिक रोजगारीमा रहेका विकृति समाप्त पार्ने मन्त्री विष्टको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका विकृति र विसंगतिलाई छिट्टै समाप्त पार्ने बताएका छन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारमा गएका लाखौं युवाहरुको जिन्दगी धरापमा पर्नेगरी वैदेशिक रोजगारीमा अपारदर्शीमा देखिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

१८ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई न्याय दिन सरकार लागि परेको दावी गरे ।

मन्त्री विष्टले वैदेशिक रोजगारलाई मर्यादित बनाउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरिएको बताए ।

यस वर्ष श्रमको सम्मान गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाईएको छ । सन् १९९० डिसेम्बर १८ तारिकमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धि राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा स्न २ हजारदेखि यो दिवस मनाउन थालिएको हो ।

विश्वमा हाल करिव ८० लाख मानिसहरु आप्रवासीका रुपमा रहेका छन । नेपालमा पनि हाल रोजगारीको अभावका कारण विदेशिनेहरुको संख्या बढ्दो छ ।

Skip This
Skip This
Logo