काठमाडौं । सरकारले विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । सम्झौता अनुसार सेवा सुविधा नदिएको भन्दै सरकारले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्स युएइका र साउदी अरेबियाका पाँच, पाँच र कतारका तीन वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कामदारलाई काम र समयमा तलब लगायत सुविधा नदिएको, श्रमिकलाई अलपत्र पारेको र समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका सूचना अधिकारी भोला नाथ गुरागाईले जानकारी दिए ।
ति कम्पनीले नेपाली कामदारलाई समयमै तलब नदिने, सम्झौता अनुसार काममा नलगाउने, कामदारलाई समस्यामा पार्ने गरेको गुनासोको आधारमा ति कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाईएको गुरागाईको भनाई छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा विभागले ति कम्पनीहरुमा नेपाली कामदार पठाउन रोक लगाएको हो ।





























प्रतिक्रिया