राजदूत लक्की शेर्पा स्वदेश फिर्ता

राजदूत लक्की शेर्पा स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्केका छन्।   परराष्ट्र मन्त्रालयले  स्पष्टिकरण सोधेपछि राजदूत शेर्पा स्वदेश फर्केका हुन्।

राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएको र धेरैलाई ठगेको आरोप लगाएका थिए।  उनलाई ‘मानव तस्करी’ को आरोप लागेको छ।

चालक शेर्पाले राजदूत शेर्पाले जालझेल गरेर आफ्नो श्रीमतीलाई समेत जेलमा हालेको बताएका थिए।  तर राजदूत शेर्पाले भने चालक शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको बताएको छ।

केही दिन अघि  नेपाली कांग्रेसले पनि राजदूत शेर्पामाथि छानविन गर्न माग गरेको थियो ।

Logo