काठमाडौं । अब श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुन थालेको छ । श्रम स्वीकृति लिनको लागि घण्टौं सम्म लाईन लाग्नुपर्ने बाध्यतालाई हटाउँदै अनलाईनबाटै टोकन दिन सकिने व्यवस्था गरिएको हो ।
श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो ।
कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको भन्दै श्रम कार्यालयले अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो ।
नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ । हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआर्इएमएस) मा अनलाइन आवेदलन भर्नुपर्ने हुन्छ ।
त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । त्यसैमा नै तोकिने मिति र समयमा मात्र सेवाग्राहीले सेवा लिन पाउनेछन् ।































प्रतिक्रिया