राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा सनिबार बिहान त्यस तर्फ गएकी हुन् ।
उनी पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्तराष्ट्रसंघीय जलवायु परिर्वतन सम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी हुनेछिन् । कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी भएपछि सोमबार राष्ट्रपतिले उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिले आईतबार नै जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले गर्ने कार्यक्रममा सम्बोधन गर्ने बताईएको छ ।
त्यसैगरी राष्ट्रसंघीय महासभाकी अध्यक्ष फर्नाण्डा स्पीनोस गार्सियस र राष्ट्रपतिबीच साईडलाईन भेट हुने कार्यतालिका छ । त्यसैगरी सोमबार सांझ उनी पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यतालिका छ । मंगलबार राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति डुडासंगै कातोबीचमा दुईपक्षीय भेटघाटको कार्यक्रम तय भएको छ ।





























प्रतिक्रिया