काठमाडौं । अब मलेसियाले निशुल्क रुपमा नेपाली कामदार लैजाने भएको छ । यस विषयमा नेपाल र मलेसियाबीच सोमबार एक सम्झौता भएको छ । "/>

अब मलेसिया जाँदा नेपाली कामदारले कुनै पनि शुल्क तिर्नु नपर्ने

अब मलेसिया जाँदा नेपाली कामदारले कुनै पनि शुल्क तिर्नु नपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब मलेसियाले निशुल्क रुपमा नेपाली कामदार लैजाने भएको छ । यस विषयमा नेपाल र मलेसियाबीच सोमबार एक सम्झौता भएको छ । नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको हो ।

मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्नेछ ।

सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् । कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेछन् ।

Logo