तस्बिरः चक्कु प्रहार गर्ने सोनी तामाङ
युएई । युएईमा नेपाली युवतीहरुबीच चक्कु हानाहान हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा परी ३ जना घाइते भएका छन् । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि चक्कु प्रहार गरेकी थिईन् ।
चक्कु प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । घाइते ३ जनामध्ये ममता चौधरीको अवस्था गम्भीर छ । उनको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन् ।
बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न तामाङलाई उनले प्रयोग गरेको चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुनेछ । युएईको कानुनले हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय हुने व्यवस्था छ । मृतकको परिवारको इच्छा अनुसार ब्लडमनीको जरिवाना हुन सक्छ ।





























प्रतिक्रिया