रोशनी अधिकारी पाठकलाई आइयुसिएन क्षेत्रीय काउन्सिलर पदमा नेपालको समर्थन आह्वान

रोशनी अधिकारी पाठकलाई आइयुसिएन क्षेत्रीय काउन्सिलर पदमा नेपालको समर्थन आह्वान

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (IUCN) का सदस्य राष्ट्रहरू र काठमाडौँस्थित कूटनीतिक नियोगहरूलाई रोशनी अधिकारी पाठकलाई दक्षिण तथा पूर्वी एसियाको क्षेत्रीय काउन्सिलर पदमा समर्थन गर्न आह्वान गरेको छ।

आगामी आइयुसिएन विश्व संरक्षण महाधिवेशन २०२५ मा हुने निर्वाचनमा पाठक उम्मेदवार रहेकी छन्। यो महाधिवेशन २–१५ अक्टोबर २०२५ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुनेछ। उक्त पदका लागि सातजना उम्मेदवार छन्।

परराष्ट्र मन्त्रालयले पाठकको विस्तृत जीवनीसहितको पत्र पठाउँदै उनको विशेषज्ञताको प्रशंसा गरेको छ। पत्रमा भनिएको छ, “रोशनी अधिकारी पाठक एक प्रख्यात संरक्षणविद् हुन्, जसलाई जैविक विविधता र वातावरणीय शासनमा गहिरो अनुभव छ। उनले दक्षिण तथा पूर्वी एसियाको प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने क्षमता राख्छिन्।”

नेपालले सम्पूर्ण आइयुसिएन सदस्य राष्ट्रहरू र काठमाडौँस्थित कूटनीतिक नियोगहरूलाई पाठकको पक्षमा समर्थन र प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ।

Logo