सिड्नी । आउँदो शुक्रबार सिड्नीमा दशै विशेष कार्यक्रम हुने भएको छ । असनेपले नेपालीहरुको महान चाड दशैंको अवसरमा सिड्नीमा दशैं रमझम कार्यक्रम गर्न लागेको हो । विदेशमा भएका नेपालीलाई दशैंको मुखमा सांगीतिक कार्यक्रम गरेर नेपाल मै भएको अनुभूति दिलाउन उक्त कार्यक्रमको आयोजना गरिएको असनेपका दिपेन्द्र भण्डारीले जानकारी दिए ।
कार्यक्रमका लागि आग्रिम टिकट २५ डलर तोकिएको छ । तर कार्यक्रमकै दिन ढोकामा टिकट लिए भने ३० डलर लाग्ने भण्डारीले बताए । कार्यक्रममा गायिका प्रिती आले, गायक प्रताप दास र गायक हरकुलस बस्नेतले आफ्नो प्रस्तुति दिनेछन् ।
कार्यक्रमको मुख्य लक्ष्य विदेशमा रहेका नेपालीलाई मनोरंजन दिने रहेको कार्यक्रमका संयोजक खगेन्द्र सत्यालले बताए । कार्यक्रम बेलुका ८ बजेबाट सुरु हुनेछ । सुरिलो स्वरकी धनी र प्रख्यात बेली डान्सर भनेर चिनिएकी प्रिती आले र गायक प्रताप दास यो भन्दा आघि पनि अस्ट्रेलिया आएर आफ्नो सांगीतिक कार्यक्रम गरिसकेका छन् ।





























प्रतिक्रिया