काठमाडौं । मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । इलामका विमल कार्कीको ज्यान गएसँगै नेपालीको संख्या १० पुगेको हो । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
यसअघि उपचारको क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको ज्यान गएको थियो । यस्तै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डडेल्धुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको पनि ज्यान गएको थियो ।
विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जनाको शव नेपाल ल्याउने तयारी भएको छ । आज या भोलिसम्ममा शव नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।
मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राना र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ । उनीहरुको सबै प्रक्रिया पुरा गरिएकाले नेपाल पठाउँन लागिएको हो । बाँकी चार जनाको शव पठाउनको लागि प्रक्रिया भैरहेकोछ ।





























प्रतिक्रिया