झापा । झापाको बिर्तामोडमा द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी र फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सी एकसाथ सञ्चालनमा आएका छन् । दुवै कार्यालयको सांसद एलपी साँवाले आईतबार उद्घाटन गरेका छन् ।
अध्ययन परामर्शमा अष्ट्रेलिया र न्युजिल्यान्डका लागि चर्चित द नेक्स्टले सातौँ शाखाका रुपमा बिर्तामोडमा कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघि बिर्तामोडमा नै रहेको फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सी पनि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको हो । अष्ट्रेलिया र न्युजिल्यान्डका लागि द नेक्स्ट नेपालकै उत्कृष्ट कन्सल्टेन्सी मध्ये भएको द नेक्स्टका निर्देशक खड्गबहादुर ताम्ली लिम्बूले दाबी गरे ।
‘द नेक्स्टले अस्ट्रेलिया र न्युजिल्यान्डका लागि विगत १४ वर्षदेखि काम गर्दै आएको छ’, उनले भने, ‘अस्ट्रेलियाका ३५ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीसँग सहकार्य गर्दै आएकाले विद्यार्थीलाई राम्रो परामर्श दिन सक्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ हाल द नेक्स्टको बुटबल, पोखरा, चितवन, धरान, पर्सा, कावातोसीमा शाखा सञ्चालनमा रहेका छन् ।
फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सीसँगको सहकार्यमा शैक्षिक परामर्श तथा भाषा शिक्षण गर्ने उद्देश्यले द नेक्स्ट सञ्चालनमा ल्याइएको उनले बताए । फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सीले जापनीज र कोरियन भाषा सिकाउने उनले बताए ।
‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी’ २०६२ सालमा स्थापना भएको थियो । १४ वर्षको अवधिमा यसले हजारौँ विद्यार्थीलाई सेवा दिएको छ । यसले शैक्षिक परामर्श र परीक्षा तयारी कक्षा पनि सञ्चालन गर्छ । कन्सल्टेन्सीबाट विद्यार्थीले विश्वविद्यालयको छनोट, अध्ययन गर्ने तह र विषय तथा शुल्कका विषयमा जानकारी पाउने लिम्बूले बताए ।





























प्रतिक्रिया