भिष्म ओली (ओली भाई )
केन्द्रबिन्दु संवाददाता
सिड्नी , अष्ट्रेलिया

अन्तर्राष्ट्रिय झापाली समाजले आफनो दोस्रो सम्मेलन दक्षिण कोरियामा गर्दैछ । "/>

अन्तर्राष्ट्रिय झापाली समाजले दक्षिण कोरियामा दोस्रो क्षेत्रीय सम्मेलन गर्दै

अन्तर्राष्ट्रिय झापाली समाजले दक्षिण कोरियामा दोस्रो क्षेत्रीय सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

भिष्म ओली (ओली भाई )
केन्द्रबिन्दु संवाददाता
सिड्नी , अष्ट्रेलिया

अन्तर्राष्ट्रिय झापाली समाजले आफनो दोस्रो सम्मेलन दक्षिण कोरियामा गर्दैछ । सम्मेलन आगामी सेप्टेम्बर २४,२५ र २६ मा हुँदैछ । समृद्ध झापाको लागी अन्तर्राष्ट्रिय झापाली समाजको नाराका साथ समपन्न हुन लागेको यो सम्मेलनले झापा जिल्लाका शिक्षा स्वास्थ्य र पर्यटन तथा अरू बिभिन्न क्षेत्रमा लगानी गरी यहाँका जनतालाई बिभिन्न माध्यमबाट सहयोग गर्ने नै मुख्य उद्देश्य रहेको अन्तर्राष्ट्रिय झापाली समाजका सचिव श्री भूपाल सिटौलाले बताउनु भयो ।

२७ जनवरी २०१७ मा स्थापना भएको यो संस्थाले अहिले सम्म धेरै सामाजिक र परोपकारी कार्यहरु गर्दै आएको छ । अक्टोबर २०१७ मा झापाको बिर्तामोडमा भएको केन्द्रीय अधिवेशनबाट सर्व सम्मतबाट दिनेश पोख्रेललाई चयन गरेको यो संस्थाले हाल सम्म २४ देशमा आफनो संस्था गठन गरिसकेको छ । आगामी दिनहरुमा यो संस्था संसारका अरू धेरै मुलुकहरुमा गठन हुने संस्थाका उपाध्यक्ष रूप राज मैनालीले बताउनुभयो ।

गतवर्षको अगस्ट मा परेको भिषण बाढीको बेला ६ सय परिवारलाई करिव १५ लाख सहयोग गरेको यो समाजले त्यही बाढी पिडितहरुलाई ४० लाख बराबरको नमुना बस्ती बनाएको र त्यो अन्तिम चरणमा पुगेको संस्थाका संरक्षक भवानी ओलीले बताउनुभयो ।

नेपाल सरकारसँग बैधानिक रूपमा नै दर्ता भईसकेको यो समाजले बिर्तामोडमा भएको केन्द्रीय अधिवेशनबाट बिश्वभर छरिएर बसेका दुई लाख भन्दा बढी झापालीहरूको यो साझा संस्थाबाट करिब ५० करोड बराबरको आर्थिक सहयोग उठाउने निर्णय गरेको समाजका संरक्षक ओलीले बताउनुभयो ।

शिक्षा र राजनीति क्षेत्रको लागी देशमै कहलिएको जिल्ला भएको कारण पनि आफूहरू यस क्षेत्रमा भएका बालबालिका अनि गरिब तथा पिछडिएका जनताको लागी कसरी शिक्षा क्षेत्रमा लगानी गरेर शिक्षित बनाउन र उनिहरुको जिवन सरल बनाउन सकिन्छ भनेर बिभिन्न किसिमका छलफल भईरहेको संस्थाका अध्यक्ष  दिनेश पोख्रेले बताउनु हुन्छ ।

झापा गोल्डकप फुटवललाई सहयोग गरेको र आउने दिनहरुमा पनि यस्ता खेलहरुलाई सहयोग गरेर युवाहरुलाई अरू खेलमा पनि प्रेरित गर्ने आफनो लक्ष्य रहेको अध्यक्ष पोख्रेलले बताउनुभयो । कोरियामा हुने यो अन्तर्राष्ट्रिय झापाली समाजको सम्मेलनका लागि नेपाली कांग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्मा, राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन, प्रदेश नम्बर १ का मन्त्री हिक्मत कार्कीका साथ साथै गायक प्रमोद खरेल र हाँस्यकलाकार राजा राजेन्द्र पनि आउने कुरा भईरहेको अध्यक्ष पोख्रेलले बताउनुभयो । गित संगित चलचित्रलाई माया गर्ने र यो क्षेत्रसँग घनिष्ट सम्बन्ध राख्नु भएका अध्यक्ष दिनेश पोख्रेल नेपाली चलचित्र जगतका एक नाम चलेका निर्माता पनि हुन् ।

Logo