अष्ट्रेलियाली नागरिकमाथि कुटपिट गरेपछि एक नेपाली पक्राउ परेका छन् । सिड्नीस्थित बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई लछारपछार गर्दै जुत्ताले हानेपछि प्रकाश पौडेल पक्राउ परेका हुन् । "/>

यी हुन् अष्ट्रेलियामा बृद्धलाई लछारपछार गर्ने नेपाली (हेर्नुहोस् भिडियो)

यी हुन् अष्ट्रेलियामा बृद्धलाई लछारपछार गर्ने नेपाली (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाली नागरिकमाथि कुटपिट गरेपछि एक नेपाली पक्राउ परेका छन् । सिड्नीस्थित बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई लछारपछार गर्दै जुत्ताले हानेपछि प्रकाश पौडेल पक्राउ परेका हुन् ।

पीडितकी छोरी आइडा सिलिनले आफ्नो बुवाको शरिरमा निलडाम देखेपछि कोठामा सिसिटिभी क्यामरा राखेर सत्य तथ्य पत्ता लगाएको बताएका छन् । सोहि सिसिटिभी फुटेजको आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

दुर्व्यवहार गर्ने पौडेलमाथि घरेलु हिंसा र आपत्तिजनक हतियारको प्रयोगको मुद्दा चलाइएको छ । भिडियो सार्वजनिक भएपछि पौडेललाई जागिरबाट निकालिएको छ। पुलिसका अनुसार अगस्ट २६ देखि २९ तारिखका बीच पौडेल पटकपटक ती वृद्धको कोठामा प्रवेश गरेका छन् । उनलाई सशर्त जमानत दिइएको छ र सेप्टेम्बर ११ तारिखमा म्यान्ली लोकल कोर्टमा उपस्थित हुन भनिएको छ । 

Logo