गोली लागेर अमेरिकीमा एक नेपालीको मृत्यु

गोली लागेर अमेरिकीमा एक नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकी प्रहरीले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ । कोलोराडो डेनभरनजिक ब्रुमफिल्डमा २५ वर्षीय वीरेन्द्र ठकुरीको मृत्यु भएको हो ।

उनी आमा र दाइसंगै वेष्टमिनिष्टरमा स्थायी रुपमा बस्दै आएका थिए । प्रहरीले हो हल्ला गरेको कारण गोली चलाएको जनाए पनि बिस्तृत विवरण सार्वजनिक गरिएको छैन ।ठकुरीलाई प्रहरीले नै अस्पताल लिएर गएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ।

मृतकको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ ।

Skip This
Skip This
Logo