यूएनडीओको साधारणसभा र एमआईटी फाउन्डेसनसँगको साझेदारी सम्मेलन दक्षिण कोरियामा हुने

यूएनडीओको साधारणसभा र एमआईटी फाउन्डेसनसँगको साझेदारी सम्मेलन दक्षिण कोरियामा हुने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसनको साधारणसभा र एमआईटी फाउन्डेसनसँगको साझेदारी सम्मेलन दक्षिण कोरियामा हुने भएको छ ।

यूएनडीओका सभापति सोनाम लामाको अध्यक्षतामा बसेको आठौं बैठकले आगामी वार्षिक साधारणसभा र एमआईटी फाउन्डेसनसँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०–२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको हो । यो साधारणसभा विशेष गरेर संस्थाको बिधान, बजेट, श्रोत विकास, विश्व–व्यापीकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहने छ।

संस्थाको वार्षिक साधारणसभा नेपालमा नै गर्नुपर्ने प्रचलन भए तापनि यो वर्ष संस्था विकासका सुरुवातीको वर्ष, विश्व–व्यापीकरणको जिम्मेवारी समेत जोडिएकाले डिसेम्बर २०, २०२५ शनिबारका दिन दक्षिण कोरियामा गर्ने निर्णय गरियो। सभा र सम्मेलनको संयोजन संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक (आरसी)ले गर्ने प्रचलन अनुसार सातौं बैठकले एसियाकी आरसी लक्ष्मी गुरुङलाइ संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। साधारणसभामा सम्पूर्ण पंजीकृत सदस्यहरु र सोही दिनसम्म सदस्यता लिएका सबै सदस्यहरुले प्रतिनिधि हुन पाउनेछन्।

यूएनडीओ र माइट फाउन्डेसन साझेदारीमा एक दिने सम्मेलन डिसेम्बर २१, २०२५ आइतबार आयोजना गरिएको छ । सम्मेलन र सभासम्बन्धी थप अपडेट यूएनडीओ र माइट फाउन्डेसन फेसबुक पेजहरुमा नियमित रुपमा गरिनेछ।

यूएनडीओकी सचिव संगीता कार्कीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ। समितिमा बाँकी सदस्यहरु उनले नै मनोनयन गर्नेछिन् । विधानको प्रस्तावित संशोधन मस्यौदा सभाको १ हप्ता या सोभन्दा पहिला नै सबै सदस्यहरुलाई इमेलमार्फत पठाइने निर्णय गरिएको छ।

संस्थाको विश्व–व्यापीकरण योजना तय गर्नका लागि कार्यकारी सदस्य तथा सञ्चार संयोजक कृष्ण केसीको संयोजकत्वमा योजना तय समितिको गठन गरिएको छ। समितिमा समिति कार्यसमिति र सदस्य सबैको सहभागिता रहने छ । आगामी २ वर्षे आर्थिक बजेट तय गर्न र आर्थिक विवरण प्रस्तुत गर्नका लागि कोषाध्यक्ष उल्का घिमिरेलाइ जिम्मेवारी दिइएको छ। यो पटक प्रोजेक्टहरु, बिभिन्न गतिविधि समेतलाई समेटेर बजेट तयार गरिनेछ।

त्यसैगरी साधारणसभामा संस्थाका सबै क्षेत्रका क्षेत्रीय संयोजकहरुले आआफ्नो क्षेत्रको योजना र प्रतिवेदन प्रस्तुत गर्नेछन्। संस्थाका सबै क्षेत्रीय उपाध्यक्षहरुले आगामी दुइ वर्षमा सम्पन्न गर्ने र गर्न सकिने माइक्रो प्रोजेक्टको संयोजन र सहजीकरण गर्नेछन्। तत्काल पाइपलाइनमा रहेका माइट फाउन्डेसनसँगको साझेदारी प्रोजेक्टको लागि उपाध्यक्ष त्रिलोक गुरुङ र विगतमा नै सुरु गरिएको भूकम्प राहत प्रोजेक्टका लागि उपाध्यक्ष भोमा लिम्बुले संयोजन गर्ने निर्णय गरिएको छ।

Skip This
Skip This
Logo