कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्रविकास समितिका अध्यक्ष बरुवालको निधन

कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्रविकास समितिका अध्यक्ष बरुवालको निधन


कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्रविकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ। गएराति अमेरिकाको न्यूयोर्कमा उनको निधन भएको हो।

उनलाई केहि दिनदेखि कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उपचारका लागि अस्पताल भर्ना भएका बरुवालको निधन भएको हो । पाथीभरा क्षेत्रविकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले दिएको जानकारी अनुसार उनी पारिवारिक भेटघाटका लागि न्युयोर्क पुगेका थिए । 

झापा घर भएका बरुवाल गत वैशाख १३ गते पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका थिए । उनका श्रीमती र दुई छोरा रहेका छन्। 

ताहचल क्याम्पसका सह–प्राध्यापकसमेत रहेका बरुवाल ०७४ साल भदौ १२ गते मन्त्री स्तरीय निर्णयबाट पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए। 

Logo