रवि लामिछानेकाे गृहमन्त्री पद फेरि खाेसिएला ? युवराज सफल सर्वोच्च पुगेपछि के भन्छन् जनता ?[भिडियोसहित]

रवि लामिछानेकाे गृहमन्त्री पद फेरि खाेसिएला ? युवराज सफल सर्वोच्च पुगेपछि के भन्छन् जनता ?[भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध युवराज सफल पुनः सर्वोच्च अदालत पुगेका छन् । दोहोरो राहदानी, सहकारी ठगी, झुठो विवरण पेश गरि कम्पनीको शेयर लगत निकालेको, सोही झुटो शेयर लगत पेशगरी कम्पनी खरिद बिक्री गरेको र सम्पत्ती शुद्धीकरण विभागबाट मुद्दासमेत झेली रहेका लामिछाने कानूनीरुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सार्वजनिक पदमा बस्न नमिल्ने उनको जिकीर छ । लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउने प्रधानमन्त्री प्रचण्ड ,नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीसहित प्रहरी महानिरिक्षक वसन्त बहादुर कुवरलाई समेत आवश्यक कारबाही गर्न उनले रिटमा उल्लेख गरेका छन् ।

रवि लामिछानेविरूद्ध सफलले रिट हालेको यो पहिलोपटक भने होइन । आफूलाई अभियन्ता भन्ने सफलले यस अगाडि पनि सर्वोच्चमा रिट दायर गर्दै दोहोरो राहदानी प्रकरणमा लामिछानेको गृहमन्त्री पदसँगै सांसदको पदपनि खारेज गरेका थिए। त्यसपछि फेरि नागरिकता लिएका लामिछाने उपनिर्वाचनबाट दोस्रोपटक संसद् प्रवेश गरेका थिए। रवि लामिछानेले फेरि यो दुर्गती भोग्न पर्ने होकी भन्ने सबैको चासोको विषय बनेको छ । यो विषयलाइ लिएर अहिले सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सोही क्रममा केन्द्रविन्दु टोलीले गृहमन्त्री लामिछानेमाथि युवराज सफलले दायर गरेको रिटप्रति सर्वसाधारणको धारणा संकलन गरेको छ ।

Skip This
Skip This
Logo