कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

केन्द्रबिन्दु
0
Shares

कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरि राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ। आइतबार यसको सफल परिक्षण गरिएको हो। 

विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ। 

सफल परिक्षण भएसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुल्ला गरेको छ। ‘सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

अन्य खाडी मुलुक र मलेशियामा रहेको नेपाली नियोगहरुमा ई–पासपोर्टको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले बताएको छ। उक्त सामानहरु जडान हुनासाथ ती दूतावासबाट केही दिन भित्रै ई–पासपोर्ट सेवा शुरु गरिनेछ। 

विभागका अनुसार अहिले अन्य मुलुकहरुमा रहेका नेपाली नियोगहरुमा पनि उपकरणहरू पठाउने कार्य भइरहेको छ। 

नेपालभित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरि ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइ सकेको छ। अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको छ। 

Logo