एनआरएनए दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

एनआरएनए दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  चैत ८ देखि ११ गतेसम्म काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताए । 

महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने उनले  बताए। ‘संस्था भयो भने हामी सबै हुने हो। हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं ।,' उनले भने । 

गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प्रतिनिधि सम्बन्धी विवाद भएकाले पटक-पटक सरेको थियो ।  

Logo