आइएमई मोटर्सले ल्यायो ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

आइएमई मोटर्सले ल्यायो ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

केन्द्रबिन्दु
0
Shares

आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ ।

नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर किन्दा सिंगापुर टुर लगायतका विभिन्न आकर्षक उपहार पाउन सकिने भएको छ । यी सवारी साधन किन्दा  जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन वा एक जोडी सिंगापुर टुर गर्न सकिने अफर उपलब्ध हुने भएको छ ।

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्स प्रालिले आइरहेको चाड पर्वलाई लक्षित गरी अफर सार्वजनिक गरेको हो । अशोक लेल्यान्डका यी सवारी साधन खरिद गर्दा ७० प्रतिशत सम्म फाइनान्सको सुविधा समेत कम्पनीले उपलब्ध गराइरहेको छ ।

नेपाली बजारमा अशोक लेल्यान्डका चिताह बस, एमआईटीआर बस, लिंक्स स्मार्ट बस, भाइकिङ बस र स्कुल बस उपलब्ध छन् । त्यसैगरी ट्रक ६ ह्विलर, १० ह्विलर र १२ सम्म उपलब्ध छन् भने टिपर पनि विभिन्न मोडलका ६ देखि १२ ह्विलर सम्म उपलब्ध छन् ।

 

Logo