दर खाने दिनमा एससिटीको दरो अफर, कार्डमा छुट क्यूआरमा क्यासब्याक

दर खाने दिनमा एससिटीको दरो अफर, कार्डमा छुट क्यूआरमा क्यासब्याक

केन्द्रबिन्दु
0
Shares

एससिटीले नारीहरको पर्व तीजको दर खाने दिनको अवसरमा कार्डमा छुट र क्युआरमा क्यासब्याक अफर ल्याएको छ । 

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेक्नोलोजीस लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरि दर खाने दिनमा दरो अफरको रुपमा कार्डमा छुट र क्युआरमा क्यासब्याक अफर ल्याएको हो । 

दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससिटी– यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना दर खाने दिन अर्थात आज मात्रै लागु हुनेछ ।


 

Skip This
Skip This
Logo