भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि इन्डियन आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ मूल्यसूची अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ भने हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । अहिले पेट्रोलमा २ रुपैयाँ नाफा र डिजेलमा १० रुपैयाँ घाटा छ।
यसपटक ग्यासको मूल्य भने घटेर आएको छ। ग्यासमा यसपटक १२१ रुपैयाँले घटेर आएपछि नयाँ मूल्यमा निगमलाई ३७५ रुपैयाँ मात्र घाटा हुने भएको छ। निगमलाई १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने भएको छ ।





























प्रतिक्रिया