हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको स्कुटर खरिद गरेका छन् । यामाहाको रातोपुलस्थित विक्रेता गोर्खा मनकामना अटो इन्टरप्राइजेजवाट गजुरेलले रे–जेडआर १२५ एफआई स्कुटर किनेका हुन् ।
हाल यो स्कुटर उच्च माइलेज र आकर्षक लुक्स तथा अत्याधुनिक विशेषताका कारण बजारमा सबैको रोजाई बन्न पुगेको छ । यो स्कुटरलाई यामाहाले ‘आइएम ५८ किलोमिटर प्रतिलिटर’ स्लोगन राखेर प्रमोशन गरिरहेको छ । यसको प्रयोग गर्दा ग्राहकले तीन वर्षमा इन्धनबापत हुने खर्चबाट १ लाख रुपैयाँसम्म वचत गर्न सक्ने कम्पनिको दाबी छ ।
‘एक्स–कनेक्ट’ टेक्नोलोजी दिइएको यो स्कुटरमा १२५ सीसी क्षमताको एफआई व्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८।२ पीएस र टर्क ९।७ एनएम रहेको छ । यो स्कुटरमा ५।२ लिटर क्षमताको इन्धन ट्यांकी छ ।





























प्रतिक्रिया