लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडिपीई पाइप

लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडिपीई पाइप

केन्द्रबिन्दु
0
Shares

अहिलेको समयमा पाइप हाम्रो दैनिकीको महत्वपूर्ण पाटो बनिसकेको छ ।

ग्यास, पानी, र अन्य तरल पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित रूपमा लैजानका लागि पाइपकै प्रयोग हुन्छ । उपयोग र कामको प्रकारको आधारमा बजारमा विभिन्न खालका पाइपहरू उपलब्ध छन् । तीमध्ये एचडिपीई ( HDPE ) पाइप पनि एक हो । एचडिपीई (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एंव बलियो प्लास्टिक पाइप हो । यसै कारणले एचडिपीई  पाइप भूमिगत प्रयोजनमा, त्यसमा पनि सिँचाइ प्रणालीको लागि बढी प्रयोग गर्ने गरिन्छ । 

पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइपहरु भूमिगत प्रयोगको लागि मात्र नभइ अन्य धेरै कामको लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिकृया नगर्ने भएकोले ग्रामिण भेगमा पानीको पाइपको लागि पनि मङ्गलमको एचडिपीई पाइप धेरैनै प्रयोगमा आउने गरेको छ । अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेड सम्म) असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछ्याउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्चचाप सहन सक्ने भएकोले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् ।

एचडिपीई पाइपहरु प्रायकालो रंगमा उपलब्ध हुन्छन् । प्रयोग अनुसार यी पाइपहरु विभिन्न आकार र मोटाईमा उपलब्ध छन् । उच्च गुणस्तरीय कच्चापदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइप लामो समयसम्म टिक्छ । विभिन्न पोलीईथाईलिन फिटिंग सिस्टममा उपलब्ध यीपाइपहरुको जडान प्रकृया अत्यन्तै सजिलोे हुनुको साथै चुहावटको समस्या पनि हुँदैन ।

नेपालमा गुणस्तरीय एचडिपीई उत्पादन र वितरण गर्ने कम्पनीहरु मध्येमा मंगलम पाईप उपभोक्तामाझ सर्वाधिक रुचाइने पाईप हो । अन्तराष्ट्रिय स्थरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिने एचडिपीई पाईप संग-संगै मंगलम पाईपले अरु थुप्रै प्रयोजनको लागि हुने गरि ८ ओटा फरक फरक पाईपहरु उत्पादन गरि उपभोक्ताको माग पुरा गर्दै आएको छ । गुणस्तर र विशेषता भएकोले नेपालका धेरै प्रतिष्ठित सरकारी र निजी परियोजनाहरूमा अधिकांश रुपमा मंगलमका पाइपहरू प्रयोग भएको पाइन्छ ।

केहि समय अघिमात्र पाल्पाको खानेपानी विभागले पनि आफ्नो परियोजनाको ठूलो मात्रामा मंगलमको एचडिपीई पाइप प्रयोग गरेको थियो । अरु पाइपहरुको तुलनामा गुणस्तरीय, टिकाउ, वातावरण मैत्री र सुपथ मुल्यमा पाउने हुँदा बजारमा यसको आफ्नो छुट्टै स्थान रहेको छ । मंगलमको एचडिपीई पाइपहरू आइएसओ ९००१ः२०१५ साथसाथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।

Logo