विश्वकप फुटबललाई लक्षित गर्दै यामाहाले ल्यायो हरेक दिन स्मार्ट टिभी जित्ने मौका

विश्वकप फुटबललाई लक्षित गर्दै यामाहाले ल्यायो हरेक दिन स्मार्ट टिभी जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले नजिकिँदै गरेको फिफा विश्वकप फुटबललाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । 

‘फेस्टिभ ह्याट्रिक’ नामक यस योजना अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जना भाग्यशाली विजेताले ५० इन्चको हाइसेन्स स्मार्ट टिभी उपहार पाउनेछन् । यसरी उपहार पाएको टिभीमा विश्वकप फुटबलको आनन्द लिन सकिने कम्पनीको विश्वास छ । 

कतारमा सन् २०२२ को नोभेम्बर २१ तारिखबाट डिसेम्बर १८ सम्म फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ।

साथै यस योजनामा हरेक ग्राहकले ६ हजार रुपैयाँ नगद छुट र सरल फाइनान्स सुविधासमेत पाउनेछन् । यो योजना दशैं, तिहार र छठसम्मका लागी लागु हुने कम्पनीले जनाएको छ । 
 

Logo