नेपालीलीको सर्वाधिक रुचाइ : यस्तो छ कम्प्याक्ट सेडान ‘हुन्डाई अउरा’

नेपालीलीको सर्वाधिक रुचाइ : यस्तो छ कम्प्याक्ट सेडान ‘हुन्डाई अउरा’

केन्द्रबिन्दु
0
Shares

कोरियाली कम्पनी हुन्डाई आधुनिक डिजाइन र अत्याधुनिक विशेषताका कारण विश्व बजारसँगै नेपाली उपभोक्तामाझ समेत सर्वाधिक रुचाइएको सवारी ब्रान्ड हो । नेपाली बजारमा यसका १ दर्जन बढी मोडलका कार सफलरुपमा बिक्री हुँदै आइरहेका छन् ।

ह्याचव्याक, कम्प्याक्ट सेडान, सेडान, कम्प्यक्ट एसयूभी र फुल एसयूभी गरी यसका विभिन्न रेन्जका गाडी नेपाली बजारमा छन् ।

यीमध्ये कुपे स्टायलको हेर्दा आकर्षक झैं फिचर्स र पावर तथा पर्फमेन्सका कारण कम्प्याक्ट सेडान अउराले अहिले यो सेग्मेन्टमा ग्राहकको विश्वास जितीरहेको छ । 

यसको उत्कृष्ट डिजाइनले हुन्डाइको विशिष्ट सेन्सुअस स्पोर्टीनेस शैली व्याख्या गर्दै आधुनिक र आकर्षक रहेको प्रमाणित गरेको छ ।

यो कारको अग्र भागमा वुमरांग डेटाइम रानिङ ल्याम्प, प्रिमियम सटिन फ्रन्ट ग्रिल र प्रेजेक्टर टाइप फग ल्याम्प जडान गरिएको छ भने, १४ इन्चको डायमन्ट कट अलोई ह्विलले कारको साइड प्रोफाइललाई आकर्षक देखाउन थप मद्धत गरेको छ । 

१६५ एमएमको ग्राउन्ड क्लिरियन्स रहेको कारमा फराकिलो र वलियो वम्पर डिजाइन, एलइडी टेल ल्याम्प तथा स्टायलिस थ्री डाइमेन्सनल आउटर लेन्सको साथ पछाडी भाग निकै भिन्न छ ।

ढोकामा क्रोम स्ट्रिप र ग्लसी व्ल्याक वार्पले यसकलाई यहि सेग्मेन्टको गाडीहरु भन्दा छुट्टै र आकर्षक बानाएको छ । आकर्षक डिजाइन, आरामदायी ड्राइभिङ र आधुनिक प्रविधीको सन्तुलित संयोजन यो कारमा पाइन्छ ।

यो कारमा १।२ लिटर कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिन जडान गरिएकोछ । जसको अधिकतम पावर ८३ पिएस र टर्क ११.६ किलोग्राम रहेको छ । माइलेजको सवालमा समेत यो कार प्रतिस्पर्धी ब्रान्डको तुलनमा बढी नै किफायती छ ।

कारलाई सेग्मेन्टकै प्रिमियम र आरामदायी बनाउनका लागि यसमा आरामदायी क्याविन, ग्लोभ वक्स कुलिङ, कप होल्डरहितको रियर सेन्टर आर्मरेष्ट, एड्जस्टेवल रियर हेडरेष्ट, रियर एसी भेन्ट्स, किलेस इन्ट्रि, स्टेरिङ ह्विल माउन्टेड कन्ट्रोल र ४०२ लिटर क्षमताको फराकिलो वुट स्पेस लगायतका विशेषता छन् ।

यो कारको मूल्य नेपाली बजारमा ३६ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालमा यो कारलाई लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयत गरी कारोवार गर्दै आइरहेको छ ।

Logo