आज काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत्

आज काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नयाँ फिडर लाइन तान्ने कार्य गर्नु पर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदाम लगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने जनाएको छ ।

Logo