आइएमई जनरल र साइमेक्स इंकबीच बीमा सेवा सम्बन्धी सम्झौता

आइएमई जनरल र साइमेक्स इंकबीच बीमा सेवा सम्बन्धी सम्झौता

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक बीच बिमा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका हुन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट साइमेक्स इंक ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकमहानुभावहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा विभिन्न सहज सेवा प्राप्त गर्न सक्ने सम्झौतापत्रमा उल्लेख गरेको छ ।

साइमेक्स इंकबाट बिक्री वितरण हुने बिवाइडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।

 

Skip This
Skip This
Logo