श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार (भोली) बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँट हुने भएको हो ।
कम्पनीले भदौ १५ देखि १९ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कुल कित्तामध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।































प्रतिक्रिया