मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा छन् -अध्यक्ष गोल्छा

मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा छन् -अध्यक्ष गोल्छा

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताए ।  उनले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । 

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै  अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताए । उनले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए । उनले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताए । 

अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको बताए । 

‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरु रहेका छन् । त्यो चिन्ता लाग्दो अवस्थामा रहेको छ । विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौं । पछिल्लो अवस्था रहेको छ त्यो चिन्ता लाग्दो अवस्था नै छ । अहिलको अर्थतन्त्रमा देखिको समस्याको समाधान दीर्घकालिन मात्रै हुनसक्छ । हामी फण्डामेन्टल समस्यामा आएका छौं । अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्छ । उद्योग व्यवसायहरु चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने हो ।’ उनले भने, ‘उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई पनि पराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नेछ । जति उद्योग व्यवसाय फस्टाएर मुलुक समृद्धितर्फ जानसक्यो भने विज्ञापन बढ्ने कुरामा दुई मत छैन । अर्थतन्त्र संकुचन हुने अहिलको अवस्था रहेको छ । उद्योग व्यवसाय र विज्ञापन व्यवसाय पनि संकुचनमा रहेको छ । कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन सकेको छैन ।’
 
अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए । उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताए । उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको पनि बताए । विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको उनको भनाई छ । 

Logo