ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकका  स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । 

बैंकले एससीटीसँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित “एससीटि(SCT) तथा युपीआई (UPI) कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् । बैंकका अनुसार यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (POS) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात् एक हजार रूपैयाँसम्म क्यासब्याक पाउनेछन् । 

यस योजनापश्चात एससिटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएकाे छ । 

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस (POS) कारोबार गर्ने कार्ड होल्डरलाई ५०० रूपैयाँ तथा कम्तिमा ६ वटा पस (POS) कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार रूपैयाँ क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० रूपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने बैंकले जनाएकाे छ । 

Skip This
Skip This
Logo