कारोबार हुने साताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक घटेर राताम्मे भएको छ । साताको अन्तिम दिन शुक्रबार १४ दशमलव १० अंकले घटेको बजार आइतबार ३३ दशमलव ९७ अंकले घटेर १ हजार ८७६ दशमलव ४१ विन्दुमा झरेको हो ।
आइतबार २२९ वटा धितोपत्रको ६२ लाख ९६ हजार कित्ता सेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।
आइतबार सबै समूहको परिसूचक घटेका छन् । सबैभन्दा बढि व्यापार समूहको परिसूचक ३ दशमलव २४ प्रतिशतले घटेको हो ।कारोबार रकमको आधारमा सबैभन्दा बढि लक्ष्मी बैंकको २१ करोड ३८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।































प्रतिक्रिया