आधाको आधा मूल्यमै पाइन्छन् बजाजका बाइकहरु

आधाको आधा मूल्यमै पाइन्छन् बजाजका बाइकहरु

केन्द्रबिन्दु
0
Shares

बजाजका विभिन्न बाइकहरु अब आधाको आधा मूल्यमै पाइने भएको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २५ प्रतिशत रकममा बजाजका विभिन्न बाइकहरु बिक्री–वितरण गरिरहेको हो । 

बजाज पल्सर २२०एफको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ छ । तर, यसको आधाको आधा भनेको ९८ हजार ७२५ रुपैयाँ हो । बाँकी रकमलाई २४ महिना सम्म किस्ताको रुपमा तिर्न सकिने कम्पनीले जनाएको छ । पहिलो पटक पहिलो किस्ता समेत तिर्नु पर्ने हुनाले सबै गरी १ लाख २५ हजार ६६५ रुपैयाँ बुझाउनु पर्छ । त्यसपछि भने किस्तामा प्रत्येक महिना १२ हजार ३४० रुपैयाँ बुझाउनु पर्नेछ । 

बजाजका बाइक हाल नेपालमै एसेम्बल हुने गरेका छन् । साथै पल्सर २२०एफ पनि युवा पुस्ताका बीच लोकप्रिय छ । २०० सीसी इन्जिनयुक्त यो बाइकको इन्जिनले २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीले जनाएको छ । यस बाइकमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
 

Skip This
Skip This
Logo