केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद ‘प्रबल जनसेवाश्री’बाट सम्मानित

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद ‘प्रबल जनसेवाश्री’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

सरकारले के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । 

देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा दुगड ग्रुपले पुर्‍याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गरिने भएको हो । 

कृषिलाई व्यवसायीकरण र औद्योगीकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्‍याउँदै उनले उपभोक्ताहरूको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।

Logo