दशैंलाई लक्षित गरि भैरहवामा सस्तो बजार, २० प्रतिशत सम्म छुट

दशैंलाई लक्षित गरि भैरहवामा सस्तो बजार, २० प्रतिशत सम्म छुट

केन्द्रबिन्दु
0
Shares

दशैं पर्वको अवसरमा भैरहवामा सस्तो बजार सन्चालन हुने भएको छ । 

उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेश मै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ असोज ११ देखि १४ असोजसम्म सस्तो बजार सन्चालन हुन लागेको हो । 

सीमावर्ती बजारमा जाने नेपाली उपभोक्तलाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै गरेको नेपालीको चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले संघले सस्तो बजार आयोजना गर्न लागेको हो ।  

उद्योगी, व्यावसायीहरूसँगको सहकार्यमा उपभोक्तालाई सर्वशुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने गरी करिब डेढ दर्जन स्टल बजारमा रहने वस्तुगत मेला तथा व्यवसाय प्रवर्द्धन समितिका संयोजक अर्जुन कार्कीले बताए । चार दिनको बजारबाट केहि हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक गतिविधि बढ्ने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरूको प्रचारप्रसार हुने र आम उपभोक्ताले सर्वशुलभ रुपमा उपभोग्य वस्तु खरिद गर्ने अवसर प्राप्त हुने कार्कीको भनाइ छ । 

दशैं सस्तो बजारमा साल्ट ट्रेडिङसहित खाद्यन्न, जुत्ताचप्पल, दुई पाङग्रे अटोमोबाइल लगायतका वस्तुको बिक्री तथा प्रदर्शन हुनेछ । दशैं बजारमा ४० देखि ५० लाख रुपैयाँको कारोबार हुने अनुमान संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले गरेका छन् । 

दशैं र तिहार लगायतका चाडवाडडमा भारतीय सीमावर्ती बजार सुनौलीमा नेपालीको घुइचो लाग्ने गर्छ । विदेशीने नेपाली रुपैयाँलाई नेपाली बजारमै रोक्ने संघको उद्देश्य छ । यसले मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने छ, बजारमा स्टलबाट ५ देखि २० प्रतिशतसम्म छुट उपभोक्ताले पाउने अध्यक्ष न्यौपानेले भने । 

दशैं बजारको सफलताका लागि र उपभोक्ताहरुलाई खरिद गर्न आह्वान गर्दै आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने संघको जोड छ । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेको अध्यक्षता, कार्यसमिति सदस्य अर्जुन कार्कीको स्वागत तथा महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्य लगायतले सामान किन्न सीमा पारी जाने उपभोक्तालाई निरुत्साहित गर्दै स्वदेशी बजारलाई चलायमान बनाउनुपर्ने बताए ।

२०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखि नै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशिल रहदै आएको छ । नजिकै सीमा क्षेत्रमा रहेको बजारले भैरहवा क्षेत्रको पसल दशैंमा समेत सुनसान रहेकोले भन्सार क्षेत्रमा कडाई गर्नुपर्ने बताए । कतिपय सामान नेपालमै सस्तो भए पनि यहाँका उद्योगी व्यवसायीले उपभोक्तालाई बुझाउन नसक्दा नेपाली उपभोक्ता बाहिरीने गरेका छन् । 

Skip This
Skip This
Logo