एनएमबी बैंकले प्लास्टिकरहित बजारको आयोजना गर्दै

एनएमबी बैंकले प्लास्टिकरहित बजारको आयोजना गर्दै

केन्द्रबिन्दु
0
Shares

एनएमबी बैंकले प्लास्टिकरहित बजारको आयोजना गर्ने भएको छ । 

दशैंलगायत चाडपर्वको अवसर पार्दै बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको हो । उक्त बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बताइएको छ । 

बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रबर्द्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी बजार आयोजना गर्न लागेको हो ।

सानेपास्थित हेरिटेज गार्डेनमा लाग्ने बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ । 

बजार असोज ८ गते बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म आयोजना गर्ने बैंकले जनाएको छ । 

Skip This
Skip This
Logo